Logo

महासंघ अध्यक्ष मुरारका भन्छन्, ‘कर तिरेर पाएको सम्मान सवैभन्दा ठूलो हो’

महासंघ अध्यक्ष मुरारका भन्छन्, ‘कर तिरेर पाएको सम्मान सवैभन्दा ठूलो हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राज्यलाई कर तिरेर पाएको सम्मान सवैभन्दा ठूलो भएका बताएका छन् । पाचौं राष्ट्रिय कर दिवशको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘राज्यलाई बढी कर तिर्नु भनेको एकदमै ठूलो हो,’ उनले भने, ‘जसबाट पाएको सम्मानको अन्यसँग तुलना हुन सक्दैन ।’

तर, व्यवसायीले राज्यलाई कर तिरे अनुसार सरकारले पनि सोही अनुरुप सेवा सुविधा दिनुपर्ने उनको तर्क थियो । ‘अहिले राज्यले व्यवसायीलाई कर छलीको आरोपमा मुद्दा दायर गर्दा ५० प्रतिशत धरौटीको व्यवस्था गरेको छ,’ उनले भने, ‘जसले गर्दा व्यवसायीहरु एकदमै मर्कामा परेका छन् ।’ ठूलो रकम धरौटी बापत राख्दा व्यवसायमा चल्न कठिन हुने हुँदा आगामी दिनमा धरौटीको दायरा घटाउन समेत माग गरेका छन् ।

कार्यक्रममा उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महाराले पनि उक्त धरौटी बढी भएको र व्यवसायीलाई समस्या परेको भन्दै घटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कर चुहावट नियन्त्रणका लागि आफुले सुक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै आगामी दिनमा नयाँ नीति लिइने बताए ।

राजस्व तिरेको प्रतिफल जनताले पाउन सकेमा मात्र राजस्व संकलन बढ्ने जानकारी दिँदै सोही अनुरुप काम गर्न समेत निर्देशन दिएका छन् । साथै हाल पूँजी गत खर्च नबढेका कारण करको दायरा नबढेको बताउँदै आगामी दिनमा त्यस्ता खर्च बृद्धिमा लाग्नु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्