Logo

पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको मुल्यमा उत्तारचढाव

पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको मुल्यमा उत्तारचढाव



काठमाडौं । नेपाली बजारमा पछिल्लो ४ दिनदेखि सुन स्थिर मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला १ लख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आजसम्म पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

यता चाँदीको मुल्य भने लगातार उत्तारचढाव भईरहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर १७ सय ६५ रुपैयाँ पुगेको छ । यस्तै बुधबार भने मंगलबारको तुलनामा चाँदीको मूल्य २० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्