Logo

सूर्य नेपाल प्रालि उत्कृष्ट करदाता, मूल्य अभिबृद्धि कर तिर्नेमा टेलिकमलाई सम्मान

सूर्य नेपाल प्रालि उत्कृष्ट करदाता, मूल्य अभिबृद्धि कर तिर्नेमा टेलिकमलाई सम्मान


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सरकारले गत आर्थिक वर्षको उत्कृष्ट करदातामा सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले पाँचौ राष्ट्रिय कर दिवस मनाउँदै सूर्य नेपाल प्रालिलाई बढी आयकर तिर्ने उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
यसैगरी सरकारले नेपाल टेलिकमलाई सवैभन्दा बढी मूल्य अभिबृद्धि कर तिर्ने संस्थाको रुपमा सम्मान गरेको छ भने निर्यात उद्योगमा डावर नेपालले सवैभन्दा बढी आयकर तिरेको छ ।

sipridi_trading

सरकारले विभिन्न १५ विधामा उत्कृष्ट करदाता सम्मान गरेकोमा व्यक्तिगत तर्फ सिद्धार्थ शम्सेर जवराले सवैभन्दा बढी आयर तिरेको भन्दै उनलाई सम्मान गरिएको छ । उनी सिप्रदी ट्रेड्रिङका कार्यकारी अध्यक्ष हुन् । यसैगरी सिप्रदी ट्रेडिङले पनि व्यापार व्यवसायमा सवैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा सम्मान प्राप्त गरेको छ । यो कम्पनीले पाएको लगातार चौथो सम्मान हो ।

यसैगरी विप्रेषण भित्र्याउने कम्पनीमा सवैभन्दा बढी आयकर इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले तिरेको छ । कम्पनीले विदेशबाट सवैभन्दा रेमिट्यान्स भित्र्याएर आयकर तिरेको भन्दै सम्मान गरिएको छ ।

गत वर्षको विशेष उद्योगमा सवैभन्दा बढी आयकर तिर्नेमा युनिलिभर प्रालि रहेको छ भने कृषि पशुपक्षी उद्योगमा ओम फिड इन्ड्रष्टिजलाई सम्मान गरिएको छ । त्यसैगरी बैंक वित्तमा नविल बैंकले सवैभन्दा आयकर तिरेको छ भने सहकारीमा राष्ट्रिय सहकारी बैंक लिमिटेड र लघुवित्तमा कम्पनीमा छिमेक लघुवित्त विकास बैंकले सवैभन्दा बढी आयकर तिरेको भन्दै सम्मान गरिएको छ ।

गत आवमा लाइफ इन्स्योरेन्स कम्पनी सवैभन्दा बढी आयकर तिर्न सफल भएको छ भने पर्यटन उद्योगमा तारागाउँ रिजेन्सी पर्न सफल भएको छ । सरकारले ५ करोड रुपैयाँसम्मको कारोवार गरी बढी आयकर तिर्नेमा साङग्रीला इनर्जी लिमिटेडलाई सम्मान गरेको छ भने ५ देखि ५० करोड रुपैयाँसम्मको मझौता करदातामा सिवेक हस्पिटल प्रालिलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्