Logo

एनबिआईको अध्यक्षमा पुनः पद्य ज्योति, उपाध्यक्षमा कुशकुमार जोशी निर्वाचित

एनबिआईको अध्यक्षमा पुनः पद्य ज्योति, उपाध्यक्षमा कुशकुमार जोशी निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को अध्यक्षमा पुनः पद्य ज्योति निर्विरोध चयन भएका छन्। एनबिआईको १०औं वार्षिक साधारणसभाले ज्योतीलाई निर्विरोध चयन गरेको हो ।

त्यस्तै एनबिआई उपाध्यक्षमा कुशकुमार जोशी, महासचिवमा सुरेन्द्रवीर मालाकार र कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवद्वयमा सुरेश प्रधान र सरोज पाण्डे तथा सह कोषाध्यक्षमा उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा बाबुराम पोखरेल, एलपी साँवा लिम्बु, गोपीकृष्ण न्यौपाने, बच्चुनारायण श्रेष्ठ, दीपक मलहोत्रा, राजेश खड्का, अरनिको राजभण्डारी, जयराम लामिछाने, होमनाथ उपाध्याय, उमेशलाल श्रेष्ठ, राजेश बाबु श्रेष्ठ, शिवप्रसाद घिमिरे, रबिन्द्रमान सिंह र लता प्याकुरेल निर्वाचित भएका छन् ।

नेपालमा असल व्यवसायिक अभ्यास प्रवद्र्धनलाई अझ सशक्त बनाउन दोश्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्ने एनबिआईले निर्णय गरेको छ ।
साधारण सभामासंस्थाले स्थापनाकालदेखि गर्दै आएका ऐतिहासिक गतिविधिहरुको विवरण समेटिएको एनबीआई अ डिकेटस् जर्नी विमोचन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिले पुनःनिर्माण भईरहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पनि निरिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्