Logo

सुनको मुल्य तीन दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

सुनको मुल्य तीन दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्ला ३ दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको सोमबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य हिजाे र आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १७ सय ७५ रुपेयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १७ सय ५५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्