Logo

बालेन-प्रधानमन्त्री विवाद : बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबी

बालेन-प्रधानमन्त्री विवाद : बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबी



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

बालेनले सो स्टाटसमा एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो । 

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ ।

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्( ुकुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछु

प्रतिक्रिया दिनुहोस्
MBL