Logo

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न, छलफलबिनै सूचना जारी गरेको आरोप

बालेनको कार्यशैलीमा सुनिताले उठाइन् प्रश्न, छलफलबिनै सूचना जारी गरेको आरोप



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् । आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन् ।

उनले काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचना छलफल बिनै जारी भएको बताएकी छन् । उनले भनिन्, ‘महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।’

जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् । स–साना कुरामा छलफल भइरहँदा यति संवेदनशील विषयमा छलफल नभएको उनले बताइन् । बोर्ड बैठक स साना कुरामा छलफल भइरहेको हुन्छ । यति संवेदनशील विषयमा हामीले बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन,’ उनले भनिन् ।

फैसलाले कतिलाई असर पर्छ त्यसलाई कम गर्न सकिन्छ कि सकिन्न भनेर छलफल गर्नुपर्ने उनले बताइन् । ‘अदालतमा गरेको निर्णय सदैव जनताको हितमा हुन्छ भन्ने पनि छैन ?’ उनले भनिन्, ‘त्यसै कारण अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला ।’ यस्ता संवेदनशील विषयमा जनताहरू सडकमा आइसकेपछि त्यसबारेमा छलफल गर्नुभन्दा पनि सूचना जारी हुँदै छलफल हुनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL