Logo

आफुलाई अनपढजस्तो बनाईएपछि दिपक मनाङे असन्तुष्ट, वन मन्त्री पदबाट दिए राजीनामा

आफुलाई अनपढजस्तो बनाईएपछि दिपक मनाङे असन्तुष्ट, वन मन्त्री पदबाट दिए राजीनामा



काठमाडौं । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रममा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले प्रदेशमा वन मन्त्रालयको काम नहुने र सबै काम संघले नै हेर्ने भएपछि आफु मन्त्री मात्रै हुनलाई मन्त्रालयमा नबस्ने बताएका छन् । बिजखबरसँग कुरा गर्दै उनले भने,‘वन मन्त्रालयको प्रदेशमा कामै छैन, यत्तिकै यो स्थापना गरेर मलाई मन्त्रालय दिईयो, मलाई अनपढजस्तो ठानेर मन्त्रालय दिईएपछि मैले राजीनामा दिएको छु ।’

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । 

यस अघि एमालेले  मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए । 

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफुलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्