Logo

एनसेलको लाइसेन्स पाँच अर्ब बुझाएर नवीकरण, बाँकी रकम अब तीन किस्तामा बुझाउने

एनसेलको लाइसेन्स पाँच अर्ब बुझाएर नवीकरण, बाँकी रकम अब तीन किस्तामा बुझाउने



काडमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार एनसेलले ५ अर्ब बुझाएर लाइसेन्स आगामी ५ वर्षका लागि नवीकरण गरेको जनाएको छ । ।

प्राधिकरणका अनुसार आइतबार एनसेलले ५ अर्ब बुझाएको र ५ वर्षको लागि अब एनसेलको लाइसेन्स नवीकरण भएको छ । बाँकी रकम एनसेलले प्रत्येक वर्ष ५–५ अर्बका दरले बुझाउने छ ।

एनसलेले ४ किस्तामा २० अर्ब रुपैयाँ तिर्नुपर्ने छ । यसका लागि पहिलो किस्तावापत ५ अर्ब रुपैयाँ तिरेको छ भने अब यसले ३ किस्तामा १५ अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

एनसेलको २० वर्षको लागि पाएको इजाजतपत्रको नवीकरण बिहीबार नै सकिएको थियो । एनसेललाइ सरकारले २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ ।

यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५–५ वर्षमा नवीकरण गर्नुपर्छ । २५ वर्षे अवधि सकिएपछि एनसेल सरकारको नाममा आउने शर्तमा अन्तिम ५ वर्षको लागि इजाजतपत्रको नवीकरण गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL