Logo

सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो

सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय ९५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्