Logo

भारुको अन्यौलता अन्त्य गर्न प्रम समक्ष महासंघको आग्रह, व्यवसायीलाई ढुक्क रहन दाहालको आवश्वासन

भारुको अन्यौलता अन्त्य गर्न प्रम समक्ष महासंघको आग्रह, व्यवसायीलाई ढुक्क रहन दाहालको आवश्वासन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय रुपैयाँ (भारु)को सटहीमा भएको अन्यौलता तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी यस्तो आग्रह गरेका हुन् ।

भारुमा प्रतिवन्ध लागेसँगै सीमानाकासँग जोडिएका क्षेत्रमा अन्यौलता भएको भन्दै सो सम्बन्धमा सरकारले तत्काल आफ्नो धारणा ल्याउनुपर्ने व्यवसायीहरुले माग छ । महासंघ टोलीमा राणाका साथै उपाध्यक्षहरु किशोर कुमार प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा तथा महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको सहभागिता रहको थियो । साथै पूर्व मन्त्री लेखराज भट्ट, कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरु र महासंघका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले भने व्यवसायिक प्रतिनिधिमण्डलले राखेका समस्या उपर आफू र सरकार पनि गम्भीर रहेको भन्दै
सो विषयमा आफूले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग तत्काल छलफल गरी निकास निकाल्ने आश्वासन दिएका छन् । साथै आम सर्वसाधारणसँग रहेको त्यस्तो नोटको सटहीका लागि भारत सरकारसँग निरन्तर पहल गरिरहेको भन्दै व्यवसायीलाई ढुक्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्