Logo

मुख्य सचिव नियुक्तिमा असन्तुष्टि : ज्ञवालीपछि सचिव भट्टराईले पनि दिए राजीनामा

मुख्य सचिव नियुक्तिमा असन्तुष्टि : ज्ञवालीपछि सचिव भट्टराईले पनि दिए राजीनामा



काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् । यसअघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL