Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य केहि घटेको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो । उक्त मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्