Logo

बीएण्डसी हस्पिटलका संस्थापक दुर्गा प्रसाईंका दाजु अर्कैको घरमा मृत भेटिए

बीएण्डसी हस्पिटलका संस्थापक दुर्गा प्रसाईंका दाजु अर्कैको घरमा मृत भेटिए



काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाइ अर्काको घरमा मृत भेटिएका छन् ।

अर्जुनधारा नगरपालिका–६ महानन्द चौक निवासी प्रसाद बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुण्डिएको प्रहरीले जनाएको छ ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईं र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाई केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए । मृतक प्रसाईले दुर्गा प्रसाईभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्