Logo

पुनः उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुनः उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज १ सय रुपैयाँले बढ्दै हिजोको रेकर्डलाई तोडेको हो ।

बजारमा आज सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेर १८ सय ३० मा झरेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL