Logo

सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यो मूल्य मंगलबारको तुलनामा भने ८ सय रुपैयाँले बढी हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १८ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्