Logo

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या, हत्याका विषयमा अनुसन्धान हुँदै

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या, हत्याका विषयमा अनुसन्धान हुँदै



काठमाडौँ । अमेरिकाको ह्युस्टनमा एक नेपाली विद्यार्थी (छात्रा) को गोली हानी हत्या भएको छ । अमेरिका टेक्ससको मुख्य सहर ह्युस्टनमा एक अपार्टमेन्टमा ती विद्यार्थीको गोली हानी हत्या भएको हो ।

मृतक विद्यार्थी मुना पाण्डे रहेको जनाइएको छ । नेपाली एशोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमका अनुसार प्रहरीले हत्याका विषयमा अनुसन्धान गरिरहेको छ । मुना एफवान भिसामा अमेरिका पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL