Logo

नाडा अटो शो आजदेखि, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा

नाडा अटो शो आजदेखि, ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा



काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अटो शो आजदेखि शुरु हुँदैछ । १६ औं संस्करणको नाडा शोको काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मैदानमा करिब २१ करोड खर्च भएको नाडा मेला व्यवस्थापकले जनाएको छ । अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । उक्त शोको सम्पूर्ण तयारी पूरा भएको नाडा अध्यक्ष करण चौधरीले बताए ।

टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेका छन् । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ । १६औं नाडा शोमा अधिकाश विद्युतीय सवारी साधनहरु रहने नाडाले बताएको छ ।

साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने छन् । यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल क्षेत्रका महत्त्वपूर्ण खेलाडीहरू र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । यस्तै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनीहरू पनि प्रदर्शनीमा सहभागी हुनेछन् ।

आयोजकले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको समयमा नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसाय समुदायको मनोबललाई पनि उचाल्ने विश्वास आयोजकको छ ।

प्रदर्शनीलाई चार–पाङ्गे, दुई–पाने, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने बताइएको छ । आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ ।

अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् । शोमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL