Logo

मम्सका नयाँ व्रेकफास्ट सार्वजनिक, निकट भविष्यमा नेपालमा उत्पादन गर्ने योजना

मम्सका नयाँ व्रेकफास्ट सार्वजनिक, निकट भविष्यमा नेपालमा उत्पादन गर्ने योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आम्रपाली बायोटक इन्डिया प्रालि अन्तर्गतको मम्सका नयाँ व्रेकफास्ट सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक गरिएको ब्रेकफास्टमा चोकोफ्लेक्स,चोकोफिल्स,मुसली र पोरिज रहेका छन् ।

ती उत्पादनको शनिवारदेखि नै विक्री शुरु गरिएको कम्पनीले जानकारी दिएको छ । मम्सका अचार,जाम,कर्नफ्लेक्स,जुसलगायत ७२ भन्दा बढी उत्पादनको कारोवार भइरहेको छ ।

मम्स कम्पनीको उत्पादनको नेपाली बजारमा निक्सोन एकसपोर्ट इम्पोर्ट प्रालि,सन्तोष भेराइटिज र प्रथम ट्रेड लाइन प्रालीले गरिरहेको छ । भारतमा फुड प्रडक्टमा सवैभन्दा धेरै कारोवार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइष्टका विभिन्न देशमा आफ्ना उत्पादन विक्री वितरण गरिरहेको छ ।

साथै निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीका नेपालस्थित कन्ट्री हेड जनक ओलीले जानकारी दिए । ‘नेपालमा उत्पादन गरेर भारतका विहारलगायत प्रान्तमा कारोवार गर्ने योजना छ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्