Logo

यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन् । नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामु प्रतिवद्धता जनाएका हुन् ।

उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए । कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाबरहित गर्न आग्रह गरे । फरक प्रसङ्गमा ओलीले आफू हनुमान ढोकामा महिनौं बसेरको र त्यहाँको उडुससँग पनि परिचित रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका छन् । सोमवार बिहान आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नयाँ भवनको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL