Logo

रिलायवलको चौथो साधारणसभा मङ्सिर १८ गते ,२: १ अनुपातमा हकप्रद शेयर जारी गर्ने

रिलायवलको चौथो साधारणसभा मङ्सिर १८ गते ,२: १ अनुपातमा हकप्रद शेयर जारी गर्ने


बिजखबर संवाददाता
0
Shares

रिलायवल माईक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मङ्सिर १८ गते हुने भएको छ । सभा गेट वे हिमालयन रिर्सोट, बेसिसहर लमजुङ्मा हुन लागेको हो ।

सभाको विशेष प्रस्तावमा चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रू १ करोड १३ लाख नगद लाभांश कर प्रोजनको लागि वितरण गर्ने रहेको छ ।

त्यस्तै चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको वार्षिक साधारणसभा प्रयोजनका लागि मङ्सिर ७ गतेबाट शेयर कारोबार रोक्का रहने बताइएको छ। कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्