Logo

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने



काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुई दिने भ्रमणमा आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा उनको राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । उनी भोलि ओमान फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL