Logo

प्रधानमन्त्री ओलीले भने-डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन, २१ अर्ब ८८ करोड नै उठाइन्छ

प्रधानमन्त्री ओलीले भने-डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन, २१ अर्ब ८८ करोड नै उठाइन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने र २१ अर्ब ८८ करोड नै उठाइने बताएका छन् । ओलीले आइतबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबै रकम उठाइने बताएका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको पोष्ट

६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ !
केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो ।

उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।

प्रतिक्रिया दिनुहोस्
MBL