Logo

कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला, सेनाले निस्क्रिय गर्दै

कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला, सेनाले निस्क्रिय गर्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद वस्तु निस्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुवै सडकहरू बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL