Logo

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० बढी घाइतेलाई अस्पताल लगियो

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० बढी घाइतेलाई अस्पताल लगियो



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् । अहिले उद्धार भइरहेको छ । घाइते १०-१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उनले बताए ।

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । घटनाबारे थप बिबरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL