Logo

बस दुर्घटना : मृतक २७ जनाको भरतपुर अस्पतालमा विहानैदेखि शव परीक्षण सुरु

बस दुर्घटना : मृतक २७ जनाको भरतपुर अस्पतालमा विहानैदेखि शव परीक्षण सुरु



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले जानकारी दिए । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

मृतकको नामावली
वर्ष ४५ को सुहास प्रभाकर राणे –पुरुष
वर्ष ४२ की सरला सुवास राणे – महिला
वर्ष ५७ की निलिमा सुनिल घाडे –महिला
वर्ष ६२ को तुक्सीराम तायडे–पुरुष
वर्ष ४५ की मंगला बिलास राणे–महिला
वर्ष ६० को सुधाकर वकिराम जावके–पुरुष
रोहिणी सुधाकर जावके
सागर कडु जावके
वर्ष ६० की भारती प्रकाश जावके–महिला
वर्ष ५० को संदिप राजाराम सरोदे–पुरुष
पल्लवी सन्दिप सरोदे
गणेश पांडुरंग भारंवे
सुलभा पांडुरंग भारंवे
मिनल गणेश भारंवे
वर्ष ६ की परी गणेश भारंवे–महिला
निलीमा चन्द्रकान्त जावके
वर्ष ४४ को पंकज भगवन भंगाके–पुरुष
अनिता अविनाश पाटिल
मुर्तीजा खान
वर्ष २८ को अनुप सरोजे–पुरुष
वर्ष ६० की सरला तुडसिराम ताछेडे–महिला
वर्ष ६२ की सुल्क वारमे–महिला
रुपाली हेमराज सरोजे
गोकर्णी संदिप सरोदे
वर्ष १६ की सदना सुहास राय निधारमा चोट अवस्था गम्भिर रहेको, आँबुखैरेनी अस्पतालमा उपचार हुँदै । ऐ १३ः३० बजे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको । ऐ. १५ः२६ बजे मृत घोषणा ।
सरोज मनोज भिरुक
एक जनाको सनाखत हुन बाँकी

प्रतिक्रिया दिनुहोस्
MBL