Logo

अरुको एटिएम कार्ड प्रयोग गरी पैसा झिक्ने दुई विदेशी पक्राउ, पैसा निकाल्नै आउँछन् नेपाल !

अरुको एटिएम कार्ड प्रयोग गरी पैसा झिक्ने दुई विदेशी पक्राउ, पैसा निकाल्नै आउँछन् नेपाल !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैरकानुनी रुपमा अरुको एटिएम कार्ड प्रयोग गरी पैसा झिक्ने दुई जना पक्राउ परेका छनन् । बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंको कान्तिपथस्थित होटेल यल्लो प्यागोडाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ५२ वर्षीय टर्किस नागरिक मुहरम अजन र ३२ वर्षीय सल्लहटिन यवर रहेको सिआइवीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले २६ लाख नेपाली रुपैयाँ, युरो १७ सय,१ हजार ६ सय ६० अमेरिकी डलर बरामद गरेको छ ।, साथै १ सय १३ थान एटिम कार्डलगायत बरामद गरेको हो।

केही नेपालीको बैंक खाताबाट एटिएम प्रयोग गरी पैसा झिकेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए। सिलवालका अनुसार उनीहरु ४ दिनको लागि नेपाल आएका हुन् । पक्राउ परेका दुई जनाले यसअघि पनि तीन पटक नेपाल आएर एटिएमबाट पैसा झिकेर लगेको बुझिएको छ।

एटिएमबाट निकालेको नेपाली रुपैयाँ उनीहरुले १ सय२४ रुपैयाँ तिरी सटही गरेको बताइएको छ । गत साता पनि सिसी टिभी फुटेजका सहायतमा ठगी गर्ने विदेशीको एक गिरोह पक्राउ परेको थियो।

प्रतिक्रिया दिनुहोस्