Logo

सहकारी ठगि प्रकरण : आज संसदीय समितिमा रवि लामिछानेले बयान दिँदै

सहकारी ठगि प्रकरण : आज संसदीय समितिमा रवि लामिछानेले बयान दिँदै



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिँदै छ ।

समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ । 

समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सुर्य थापाले बताएका छन् ।

रास्वपाका सभापति लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भइसकेको छ । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएका हुन् ।

लामिछानेको नाममा २ करोड रुपैयाँ व्यापार कर्जा स्वीकृत भएको देखिएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा भौचर मार्फत जम्मा गरेको गत वैशाख ३ गते सोमबार जिल्ला अदालत रुपन्देहीमा दायर भएको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL