Logo

प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटायो

प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटायो



काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावअनुसार सरकारले टिकटमाथिको प्रतिबन्ध हटाएको हो । टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिएका थिए ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि उनले बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । उनको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि टिकटक खुलाउन सहमत भएसँगै गुरुङले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाटै पास भएसँगै अब २०८० कात्तिक २७ अघि जस्तै नेपालमा टिकटक चलाउन पाइने छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL