काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूलय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार १ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।