Logo

उद्योग विभाग अनुगमनमा उद्योग मन्त्री, ‘कार्य सम्पादनमा इमान्दार नहुनेप्रति एक्सन लिन्छु’

उद्योग विभाग अनुगमनमा उद्योग मन्त्री, ‘कार्य सम्पादनमा इमान्दार नहुनेप्रति एक्सन लिन्छु’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभाग र कम्पनी रजिष्टारको कार्यालयका सेवाग्राहीको व्यापक गुनासो आएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले ती कार्यालयमा अनुगमन गरेका छन् ।

मन्त्री जोशी आज बिहान १०ः१५ मा बिभाग र कार्यालय पुग्दा अधिकांश कार्यकक्ष खाली थिए । विभागका महानिर्देशक कार्यालय पुगेपनि कम्पनी रजिष्टार कार्यकक्षमा पुग्न नभ्याएको बताइएको छ । विभाग र कार्यालयको अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री जोशीले भने ‘जनताले सुशासन पाउनुपर्छ भन्ने मेरो मान्यता हो, सोही अनुसार मन्त्रालयसँग सम्बन्धित कार्यालयको अनुगमन गर्नेछु’ ।

सेवाग्राहीले कुनै रोकतोक सेवा पाउनुपर्नेमा जोड दिँदै अनुगमनलाई निरन्तरता दिने बताए ।

उद्योग मन्त्रीले आफ्नो मन्त्रालयको कार्यसम्पादनलाई सही तवरले अगाडि बढाउन चाहेको भन्दै त्यस कार्यलाई सहयोग नगर्नेप्रति कारबाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यसम्पानमा इमान्दार नहुनेप्रति एक्सन लिन्छु’ ।

प्रतिक्रिया दिनुहोस्