Logo

अर्थतन्त्रका विकासका लागि स्वदेशी तथा विदेशी दुवै पूँजी महत्वपूर्ण, अनुकुल वातावरण आवश्यक

अर्थतन्त्रका विकासका लागि स्वदेशी तथा विदेशी दुवै पूँजी महत्वपूर्ण, अनुकुल वातावरण आवश्यक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालले वैदेशिक लगानी भित्राउने प्रयासमा गरेको प्रगति र साथै डोल्मा इम्प्याक्ट फण्डको नेपालमा दोस्रो वार्षिकोत्सव मनाउन हालै बेलायती दुतावासमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम नेपालका लागि बेलायती राजदुत रिचर्ड मरिस, डिएफआइडी नेपालका कार्यालय प्रमुख डागेल मार्जेटी र डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचरले आयोजना गरेका हुन् ।

कार्यक्रममा डिएफआइडी नेपालका कार्यालय प्रमुख डा. गेल मार्जेटीले डोल्माको दोस्रो वार्षिकोत्सव नेपालमा इक्विटी लगानीका लागि एउटा महत्वपूर्ण कोषेढुंगा भएको बताए । साथै उनले यो बजार विस्तार हुँदै जाने र थप भेन्चर क्यापिटलिष्ट, निजी इक्विटी फर्म, इन्क्युवेटर र एक्सलेरेटरले बजारमा प्रवेश गर्नेछन् र लगानीका नविनतम ढाँचाहरू प्रारम्भ गन विश्वास वयक्त गरे ।

‘नेपालको अर्थतन्त्रलाई उर्जाशील बनाउन र रोजगारी सिर्जना गर्नका लागि स्वदेशी तथा विदेशी दुवै पूँजीहरू उत्तिकै महत्वपूर्ण हुन्छन् ’ उनले भने ‘र यस कार्यका लागि अनुकुल वातावरण बनाउन पनि जरुरी छ ।’ चाहे त्यो माथिल्लो कर्णाली जलविद्युत परियोजना या डोल्मा जस्ता कोषको परिचालले बाहिरी विश्वलाई नेपाल साँच्चै व्यवसायका लागि खुल्ला छ भन्ने सकरात्मक सन्देश दिन उनले बताए।

नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्वीटी फण्डको रूपमा रहेको डोल्मा इम्प्याक्ट फण्ड डिएफआइडि नेपालको प्राविधिक सहयोगमा स्थापना भएको थियो र हालसम्म २ करोड ६० लाख अमेरिकी डलर बराबरको लगानी प्रतिवद्धता प्राप्त गरिसकेको छ ।

नेपालको औद्योगिक क्षेत्र सुधार, उत्पादन र वैदेशिक लगानी प्रवद्र्धन र साना तथा मझौला उद्योग तथा ग्रामीण विपन्न समुदायहरूको लागि ऋण तथा लगानीसम्मको पहुँच तथा सम्बन्ध सुधारका लागि डिएफआइडीले डोल्मालाई सहयोग गरिरहेको हो ।

उक्त प्रयासहरू डिएफआइडी नेपालकाविशेषगरी दुईवटा कार्यक्रमको माध्यमबाट भइरहेका छन् – एक्सेस टु फाइनान्स र एक्सलेरेटिङ इन्भेष्टमेन्ट एण्ड इन्फ्रास्ट्रक्चर इन नेपाल ।

डिएफआडि नेपालले नेपालको आर्थिक विकासमा प्रदान गरिरहेको सहयोगले वित्तीय पहुँचमा सुधार ल्याउनमा, बजार विकास गर्नमा, महिलाको आर्थिक सशक्तिकरणमा, सीप विकासमा र ठूलो स्तरको उर्जा तथा यातायात पूर्वाधारको सम्भावनालाई मूर्त रूप दिनमा मद्दत गरिरहेको छ ।

नेपालले सन् २०२२ सम्ममा अतिकम विकसित राष्ट्रहरूको सूचीबाट माथि उठ्न र सन् २०३० सम्ममा मध्यम आय भएको मूलुक हुनका लागि प्रयासरत रहेको सन्दर्भमा यस सहयोगले वैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन र नेपालको अर्थतन्त्रलाई उर्जाशील बनाउनका लागि आवश्यक रूपान्तरणीय परिवर्तन हासिल गर्नका लागि पनि मद्दत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्