काठमाडौं । हवाइ सेवा प्रदायक कतार एयरलाइन्सले आफ्ना विभिन्न देशका एजेन्टहरुलाई सम्मान गरेको छ । एयरलाइन्सले कतारको राजदुत एचइ योसुफ मोहमदको सहभागितामा आफ्ना एजेन्टलाई पाँच वटा अर्वाड तथा १८ वटा प्रमाणपत्र वितरण गरेको हो ।
कम्पनीले प्लाटिनियम अवार्डबाट ओसो वल्र्ड ट्राभल नेपाललाई सम्मानित गरेको छ । गोल्ड अवार्ड रेम्बो ट्राभल्स तथा टुरले पाएको छ ।
त्यस्तै सिल्भर अवार्ड एती ट्राभल्सले जितेको छ भने ब्रगन्डी अवार्डबाट सुमेज टुर एण्ड ट्राभल्स पुरस्कृत भएको छ । साथै एयरलाइन्सले वेष्ट सेलर अवार्डबाट विजनेश क्लास यती ट्राभल्स लाई समान तथा अवार्ड वितरण गरेको छ ।