Logo

सुनको मूल्य ओरालो, चाँदीको मूल्य भने बढ्यो

सुनको मूल्य ओरालो, चाँदीको मूल्य भने बढ्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार २ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मुल्य भने केहि बढेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबार प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १८ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्