Logo

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले र नेपाली कांग्रेसको ह्वीप

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले र नेपाली कांग्रेसको ह्वीप



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । मंगलबार लुम्बिनी प्रदेशसभाको चौथौं अधिवेशनको २५औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची छ । आचार्यलाई मत दिन नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन् ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् । त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक–एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL