Logo

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, प्रतिमहिना सवा खर्ब हाराहारीमा रकम भित्रिँदै

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, प्रतिमहिना सवा खर्ब हाराहारीमा रकम भित्रिँदै



काठमाडौं । गत आर्थिक बर्षभरी नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार गत आर्थिक बर्षभरको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । केन्द्रिय बैंकका अनुसार गत आर्थिक बर्षमा यस्तो रेमिट्यानस अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।

गत आवभरी नेपाल भित्रिएको विप्रेषणलाई १२ महिनासँग भाग गर्दा प्रतिमहिना औसतमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको देखिन्छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गत आर्थिक बर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो । यसर्थत अघिल्लो आवको तुलनामा गत आवमा नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेपनि पुनः श्रम स्वीकृति लिने नेपालको संख्यामा केहि वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL