Logo

सुनको मूल्य १ लाख ५२ हजार माथि, एकैदिन ३ हजारको वृद्धि

सुनको मूल्य १ लाख ५२ हजार माथि, एकैदिन ३ हजारको वृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा नै सुनको मूल्य लगातार उकालो लागिरहँदा नेपालमा पनि आईतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार गएको हप्ताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ पुगेको छ । यअसघि शुक्रबार प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज एकैदिन ५० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्