Logo

डोनाल्ड ट्रम्प बने अमेरिकाको ४५ औं राष्ट्रपति, हिलारीले दिइन् वधाई

डोनाल्ड ट्रम्प बने अमेरिकाको ४५ औं राष्ट्रपति, हिलारीले दिइन् वधाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । उनी डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् ।

ट्रम्पले राष्ट्रपति हुन आवश्यक २ सय ७० इलेक्टोरल कलेज बराबरको मत ल्याएका छन् । यद्यपी मत गणना अझै सकिएको छैन ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा सभामा सम्बोधन गर्दै आफूलाई विजयी गराउन मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
३० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय पूर्वविदेशमन्त्री समेत बनिसकेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्न्टिनलाई पछि पार्दै अमेरिकी अर्बपति व्यापारी ट्रम राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्