Logo

महिला भलिबल खेलाडीले जनही ३ लाख पाउने

महिला भलिबल खेलाडीले जनही ३ लाख पाउने



काठमाडौं । काभा वुमनस नेसन्स लिगमा भाग लिएका नेपाली १४ महिला भलिबल खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उपविजेता नेपाली टोलीका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL