Logo

राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावना बलियो, प्रमुख राज्यहरुमा क्लिन्टन पछाडी

राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावना बलियो, प्रमुख राज्यहरुमा क्लिन्टन पछाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुने सम्भावना देखिएको छ । हालसम्म आएको मत परिणामले रिपब्लिकन उम्मेदवार ट्रम्पको सम्भावना बलियो देखाएको हो ।

ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई पछि पारेका छन् । त्यस्तै हाल मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् ।

५० राज्यमध्ये ४१ को मत परिणाम आएकोमा ट्रम्पले २४४ इलेक्टोरल भोट जितेका छन् भने हिलरीले २०९ भोट जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्