Logo

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढ्दै १७ सय ६० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्