Logo

परराष्ट्र सचिव सेवा लम्साल युरोपेली आयोगको मुख्यालय रहेको बेल्जियमका लागि राजदूत सिफारिस

परराष्ट्र सचिव सेवा लम्साल युरोपेली आयोगको मुख्यालय रहेको बेल्जियमका लागि राजदूत सिफारिस



काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

पाकिस्तानका लागि पूर्व राजदूत समेत रहेकी लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक जना मन्त्रीले बताए । यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो ।

बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्वपूर्ण मानिन्छ । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL