Logo

बुधबारदेखि ५ सय र १ हजारका भारतीय नोट नचल्ने, २ हजारको नयाँ ल्याउने तयारी

बुधबारदेखि ५ सय र १ हजारका भारतीय नोट नचल्ने, २ हजारको नयाँ ल्याउने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबारदेखि ५ सय र १ हजार रुपैयाँका पुराना भारतीय नोट नचल्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

नक्कली नोट, कालोधन र बढ्दो भ्रष्टाचार घटाउने उद्देश्य अनुरुप यस्तो निर्णय लिइएको मोदीले आफ्नो संवोधनमा बताएका हुन् । जस अनुसार बुधबारदेखि भारतीय बजारमा ५ सय रुपैयाँ र १ हजार रुपैयाँका नोटको प्रयोग कानुनी रुपमा योग्य मानिने छैन ।

ic 500

भारत सरकारले बुधबार सरकारी बैंकहरु बन्द गर्ने निर्णय समेत गरेको छ । जनतासँग रहेको पुराना नोट सहीका लागि भने नोभेम्बर १० देखि डिसेम्बर ३० सम्मको समय सिमा दिइएको मोदीले बताएका छन् ।

यसैबीच भारत सरकारले भारतीय रिजर्ब बैंकले ल्याएको २ हजारको नोट प्रयोगमा ल्याउने प्रस्ताव भने स्वीकार गरिएको मोदीले जानएका छन् । साथै नयाँ डिजाइनमा ५ सय रुपैयाँका नोट समेत कार्यान्यनमा ल्याइने उल्लेख छ ।

यस अघि मोदीले मंगलबार नै सुरक्षा पुनारावलोकनको बैंठक समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्