Logo

एक अर्ब बढीको भ्रष्टाचार मुद्दामा सफाइ, आजबाट काममा फर्किदै गोदावरीका मेयर र उपमेयर

एक अर्ब बढीको भ्रष्टाचार मुद्दामा सफाइ, आजबाट काममा फर्किदै गोदावरीका मेयर र उपमेयर



काठमाडौं । विशेष अदालतबाट एक अर्ब बढीको भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयर आज (बिहीबार) देखि काममा फर्कदै छन् ।

दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी निलम्बनमा परेका थिए । विशेष अदालतले हिजो उनीहरूसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । अदालतबाट सफाइ पाएपछि आफूहरू आजदेखि काममा फर्कन लागेको मेयर महर्जनले बताए ।

गोदावरीको ढुङ्गा–गिटी बिक्री-वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब चार करोड ८७ लाख ४५ हजार रूपैयाँ हानी-नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । तर अदालतले मेयर, उपमेयर, प्रशासकीय अधिकृतलगायतले कानूनअनुसार नै राजस्व उठाएको देखिएको भन्दै अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो ।

प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानून बनाएको अख्तियारको दाबी थियो । नगरपालिकाले कानूनअनुसारको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐनको दफा ७ (ख) को कसुर नहुने विशेष अदालतको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL