Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेको डेढ महिनापछि बेचन झाविरुद्ध मुद्दा दर्ता

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेको डेढ महिनापछि बेचन झाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो । झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी गरेपनि अहिले दायर गरिएको मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL