Logo

अर्थमन्त्रीको अधिकृतहरुलाई निर्देशन-लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, कानुनसँग डराउनू

अर्थमन्त्रीको अधिकृतहरुलाई निर्देशन-लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, कानुनसँग डराउनू



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरू मन्त्रीसँग नभइ कानुनसँग डराउनु पर्ने बताएका छन् । ललितपुरमा आज (बुधबार) आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम–२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ,’ पौडेलको भनाइ छ, ‘जोसुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ । नो भन्न सक्नु हुन्न भने तपाईं आफ्नो हाकिमको आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउँला। त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नु पर्छ ।’

मन्त्री पौडेलले भने, ‘यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ । हाकिम, मन्त्रीसँग डराउनु हुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ । तपाईं डराउने दुई, तीन वटामा हो । तपाईंले सम्पादन गर्ने काम कानुनसँग बाझिएको छ की छैन, त्यसमा डराउनु पर्छ । आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ । हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्न सक्ने त्यो सामथ्र्य हुनुपर्छ ।’ उपप्रधानमन्त्री पौडेलले सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL