Logo

खोला छेउको २० मिटर क्षेत्रमा संरचना निर्माण गर्न प्रतिवन्ध, यस्तो छ महानगरपालिकाको निर्देशन

खोला छेउको २० मिटर क्षेत्रमा संरचना निर्माण गर्न प्रतिवन्ध, यस्तो छ महानगरपालिकाको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न खोलाछेउको दायाँबायाँ २० मिटरको क्षेत्रमा कुनै संरचना निर्माण नगर्न निर्देशन दिएको छ । काठमाडों महानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका नदीको दायाँ÷बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।

निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्रयुक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाइ भुमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरुमा कुनै किसिमको फोहोर नफाल्ने लगायतका निर्देशन महानगरले दिएको छ ।

यदि कसैले निर्देशनविपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । यसअघि सर्वाेच्च अदालतले पनि खोला छेउको दायाँवायाँ २० मिटर क्षेत्रभित्र भवनहरु नबनाउन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्