काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रस्तुत गरेको उपहार योजनाको तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । योजना अन्तर्गत् विजेता काशिनन्द्र यादबले ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरे । उनी यो साताका तेस्रो भाग्यशाली हुन् ।
उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् नेपालमा आफन्तलाई रकम पठाएका थिए । सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन उपहार प्राप्त गर्छन् ।
सो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौंमा नै ४ आना घडेरी जित्न सक्ने बताइएको छ ।