Logo

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बुधबार पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ५० हजार ५ सय रुपैयाँमा झरेको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोकार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ३५ मा झरेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्