Logo

पर्यटन व्यवसायी तामाङलाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यको प्रशंसा

पर्यटन व्यवसायी तामाङलाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यको प्रशंसा


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । पर्यटन व्यावसायी एवं समाजसेवी अक्कल तामाङ अन्तराष्ट्रियस्तरको अवार्ड ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् । अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो ।

त्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयमसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन आफ भोलेन्टियर सेन्टरले पनि भोलेन्टियर अफ दी इयर २०१६ बाट सम्मान गरेको बताइएको छ ।

उक्त अमेरिकन संस्थाले १ सय ८ जना प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट सामाजिक कार्य गरेबापत सम्मान गरेको सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए । तामाङलाई प्रदान गरिएको यस्तो अवार्ड नेपालमै पहिलो हो ।

तामाङले नेपाल कोरिया कल्चरल एक्सचेञ्ज एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरी सन् २०११ देखि १९ जना अनाथ, असहाय र गरिब बालबालिकालाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययन गराउनुका साथै मासिक २ हजार भत्तासमेत उपलव्ध गराउँदै आएका छन् ।

उनले आफ्नै सस्थामार्फत भुकम्पपीडितलाई २ करोड बराबरको राहत समाग्री उपलब्ध गराउनु साथै काभ्रेमा ३० वटा अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको जानकारीसमेत दिए । सन् २०१७ भित्र ३ सय ६५ वटा स्थायी घर बनाउने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्